१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार जरिवाना

अ+ अ-

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण वृद्धि भइरहेकोले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई रु एक हजार जरिवना गर्ने भएको छ ।

नगरपालिकाकोे नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिको प्रमुखसहितको आइतबार बसेको बैठकले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवना गर्ने निर्णय गरेको हो ।

चन्द्रागिरिले नेपाल सरकारले गरेको निर्णय बमोजिम तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्य मात्र मनाउने निर्णय गरेको छ । सो निर्णय नमान्नेलाई एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रुपमा पिसिआर परिक्षण आफ्नो खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताए । ‘माक्स नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई रु १०० जरिवना गरी दुईवटा माक्स उपलब्ध गराउने निर्णय भएको छ,’–उनले भने ।

चन्द्रागिरिभित्र सञ्चालित अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, माक्स, पञ्जालगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने अन्यथा एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

अनधिकृत रुपमा पार्किङ गर्ने गाडी र सडकमा सामग्री राखी व्यापार गर्ने पसललाई नगरपालिकाको आर्थिक ऐन, २०७७ बमोजिम जरिवना गर्ने र सुरक्षा निकायबाट कार्यान्वयन गराउने जनाइएको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त निर्णय गरेको जानकारी दिए। यस्तै, चन्द्रागिरिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार भदौ १५ गतेसम्मका लागि जात्रा महोत्सव, खुला स्थानमा भेला हुन निषेध गरेको छ ।

उक्त आदेशमा शैक्षिक संस्था सञ्चालन गर्न, होटल रेष्टुँरा, चिया पसल बन्द गर्न, सटर, ढोका अगाडि सामान राखेर बिक्रीवितरण गर्न, स्वास्थ्य मापदण्ड विपरित श्रमिक कामदार ओसारपसार गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लरलगायत सञ्चालन गर्न निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस