नेकपा सचिवालय बैठक सोमबार बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपा सचिवालय बैठक सोमबार बस्दै


३२ श्रावण २०७७, आइतबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठक बोलाएका छन् । दुवै अध्यक्षले सोमबार ९ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखा परेको समस्या समाधानका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए । बैठकमा पार्टीभित्र देखा परेका समस्याबारे छलफल हुने र सरकारका कारबाहीका विषयमा पनि समीक्षा हुने बताइएको छ ।

स्रोतकाअनुसार शुक्रवार गठन गरिएको कार्यदललाई अनुमोदन गर्न बैठक बोलाइएको स्रोतले जानकारी दियो । कार्यदलमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा सदस्यहरू भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए । असार १८ गतेदेखि स्थगित भएको स्थायी कमिटी बैठक बस्न नसकेपछि अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउनुपर्ने अडान लिँदै आएका थिए ।

तर, अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक वा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आएका थिए । प्रधानमन्त्रीको अडानकाबीच सचिवालय बैठक बोलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस