डडेल्धुरामा सूचनाको पालन नगरे जिल्ला प्रशासनले कारबाही गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डडेल्धुरामा सूचनाको पालन नगरे जिल्ला प्रशासनले कारबाही गर्ने


ममता भट्ट

२९ श्रावण २०७७, बिहिबार


डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कोरोना जोखिम न्यूनीकरण तथा रोग नियन्त्रण गर्नका लागि बिहीबार ८ बुँदे सूचना जारी गरेको छ ।

सूचनामा होटेलहरूले खाना तथा खाजा पार्सल गर्ने बाहेक अन्य सेवा सञ्चालन गर्न नपाउने, जिल्लामा अत्यावश्यक बाहेकका कुनै पनि सभा सम्मेलन,बैठक गोष्ठीहरू सञ्चालन गर्न नपाइने, धार्मिक स्थलहरूमा नित्य पूजा बाहेक अन्य कुनै चाडपर्वहरू मनाउन नपाइने जस्ता कुराहरू उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाहरू, व्युटिपालर, सैलुन,जिम खाना,खेलकुद लगायतका फुटपाथ,ठेलागाडा र मोटरसाईकलहरुमा समेत तरकारी तथा खाद्यान्न ओसारपसार गर्ने कार्य रोक लगाइएको सूचनामा उल्लेख गरेको छ ।

बिहीबार बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोभिड–को सङ्क्रमण,रोकथाम तथा जोखिम न्यूनीकरणका लागी यस्तो निर्णय गरेको र निर्णय उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सबै किसिमका सवारी पासहरू पनि अर्को व्यवस्था नभए सम्मका लागि स्थगित गरिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस