नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर्मचारीसहित १२ जना कारोना संक्रमण मुक्त भएका छन् । ४ जना कर अधिकृत, ४ जना सहायक कर्मचारी र ४ जना कर्मचारी परिवार संक्रमण मुक्त भएका हुन् ।
कोरोना संक्रमण देखिएपछि आन्तरिक राजस्व कार्यालयको एक भवनमा बनाइएको अस्थायी आइसोलेसन सेन्टरमा राखिएका उनीहरु १४ दिन बसाइँपछि संक्रमण मुक्त भएर घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका कर्मचारी र कर्मचारी परिवार कोरोना संक्रमण मुक्त भएर घर फर्किएपछि कार्यालयको अस्थायी आइसोलसन सेन्टर पनि खाली भएको छ ।