३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा

अ+ अ-

सल्यान । लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्‍याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिराको उच्च जोखिममा छन् ।

वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिराले बगाउँदा परिवार विस्थापित भएका छन् । पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

वर्षासँंगै आएको पहिराका कारण ग्रामीण सडक र विद्यालयमा समेत क्षति पुगेको बताइएको छ । ‘अहिले पनि वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरुलाई सतर्क गराइएको छ’, अध्यक्ष केसीले भने ।

पहिराले दार्मा गाउँपालिकाका नौ घर तथा तीन विद्यालयमा समेत क्षति पुर्‍याएको केसीले जानकारी दिए । ‘पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन तर पनि आर्थिक रुपमा भने साढे २ करोडभन्दा बढीको क्षति पुर्‍याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन’, अध्यक्ष केसीले भने ।

पहिराले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पु¥याएको अध्यक्षको भनाइ छ । गाउँपालिकाले पहिराका कारण विस्थापित परिवारलाई आपत्कालीन राहत वितरण गरेको छ ।‘हामीले गाउँपालिकाभित्र पहिरोका कारण विस्थापित परिवारलाई त्रिपाल, खाद्यान्न तथा जाली उपलब्ध गराएका छौंँ, गाउँपालिकाभित्र अहिले पनि जोखिमको सम्भावना भइरहेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ’, केसीले भने ।

ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घर पहिराको उच्च जोखिममा छन् । गाउँपालिकाभित्रका विद्यालयमा समेत पहिराले क्षति पु¥याएका कारण मर्मतसम्भार नगरेर विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

पहिराका कारण गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकामा यातायातका साधन चल्न सकेका छैनन् । गाउँपालिका जोड्ने मुख्य सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने गाउँपालिकाले जनाएको छ । पहिराका कारण ठाउँठाउँमा पहिरो गएको र वर्षात्का कारण पुनः पहिरो आउने भएकाले तत्काल ग्रामीण सडक सञ्चालन गर्न नसकिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस