स्यानिटाइजर पिउँदा चारको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्यानिटाइजर पिउँदा चारको मृत्यु


२४ श्रावण २०७७, शनिबार


अमेरिका । स्यानिटाइजर पिउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्य दर्जनभन्दा बढी गम्भीर बिरामी परेका छन्।

मे र जुन महिनामा मेथानोल विष भएका कारण १५ जना अस्पताल भर्ना भएका थिए। भर्ना भएका अधिकांशले रक्सीको साटो ह्यान्ड स्यानिटाइजर पिएको हालसालै सार्वजनिक भएको हो। उनीहरूले भाइरस मार्न प्रयोग हुँदै आइरहेको अल्कोहलयुक्त स्यानिटाइजर पिएका थिए।

उनीहरू अधिकांश २१ देखि ६५ वर्षका पुरुष रहेका थिए। स्यानिटाइजर पिउँदा दुष्टि गुम्ने, वाकवाकी आउने, चिडचिडापन हुने तथा मृत्यु समेत हुन सक्ने एक अध्ययनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस