२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीको भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकता : मुख्यमन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी सङ्गठनको साङ्गठनिक तथा भौतिक विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन संरचनाको निरीक्षण तथा केन्द्रको गुरुयोजनाका बारेमा आज जानकारी लिँदै उनले केन्द्रलाई आवश्यक सहयोग तथा समन्वयका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

तालिम केन्द्रलाई सुविधासम्पन्न एवं पूर्वाधारयुक्त देशकै नमूना तालिम केन्द्रका रूपमा स्थापना गरी थप विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सक्ने गरी निर्माणकार्य अघि बढाउनसमेत मुख्यमन्त्री गुरुङले आग्रह गरे ।

प्रहरी तालिम केन्द्र गण्डकीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले हाल तालिम केन्द्रको निर्माणमा भइरहेका विविध गतिविधि, विभिन्न विधाका प्रशिक्षण, निर्माणाधीन भौतिक संरचना, तालिम केन्द्र सञ्चालनका लागि तत्काल आवश्यक स्रोत साधनलगायतका विषयमा मुख्यमन्त्री गुरुङ सहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलाई जानकारी गराएका थिए ।

ज्ञान, कला, कौशल र सीपले भरिपूर्ण प्रहरी कर्मचारी उत्पादन गर्ने तथा अन्तर्राष्ट्रियस्तरको नमूना प्रहरी तालिम केन्द्रका रुपमा सो केन्द्रलाई स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार तथा प्रदेश सरकारलगायतका सरोकारवाला निकायको भूमिकाका विषयमा छलफल तथा अन्तक्र्रिया गरी आगामी कार्ययोजना गरिने प्रहरी वरिष्ठ उपरीक्षक लोहनीले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललगायतले तालिम केन्द्रको निरीक्षण तथा निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिएका थिए ।