२४ घण्टामा ३७८ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

२४ घण्टामा ३७८ जनामा कोरोना सङ्क्रमण


२४ श्रावण २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको छ ।

नेपालमा सङ्क्रमितको सङ्ख्या ६ हजार दुई सय रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार सय ९९ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको सङ्ख्या भने १६ हजार तीन सय १३ पुगेको छ। अहिले क्वारेनटाइनमा १० हजार सात सय ९२ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी सङ्क्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ हुन्। अहिले कोरोना सङ्क्रमण शून्य हुने जिल्लाको सङ्ख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस