२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा कूल सङ्क्रमित मध्ये ६७ प्रतिशत सङ्क्रमण मुक्त

अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमण मुक्त भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो ।

भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३६ कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा ४६ हजार १२१ जना सङ्क्रणमुक्त भएका हुन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण कूल सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५३७ पुगेको छ ।

सङ्क्रमित भएका र सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा पछिल्लो समयमा ठूलो अन्तर देखिदै गएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितमध्ये सात लाख ३२ हजार ८३५ जना निको भइनसकेको देखिन्छ तर अहिले पनि सङ्क्रमित अवस्थामा रहेका विरामीको सङ्ख्या पाँच लाख ९५ हजार ५०१ रहेको छ । भारतमा बिहीबारसम्म ४० हजार ६९९ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ३०.३१ प्रतिशत मात्रै हो । जवकी यो सङ्ख्या यसअघि योभन्दा सामान्य धेरै रहँदै आएको अधिकारीहरुको भनाइ छ ।

उनीहरुले कुल मृतकको अनुपात पनि अन्य देशको तुलनामा भारतमा कम भएको दावी गरेका छन् । भारतमा अहिले कुल सङ्क्रमितमध्ये २.०७ प्रतिशतको मात्रै मृत्यु हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभरीको कुल सङ्ख्याको आधारमा हेर्दा भारतको अवस्था सुधारोन्मुख नै देखिएको जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २८२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस