चाडपर्व मनाउन सरकारले ल्यायो नयाँ मापदण्ड (पूर्णपाठ) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चाडपर्व मनाउन सरकारले ल्यायो नयाँ मापदण्ड (पूर्णपाठ)


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


काठमाडौं । सरकारले चाडपर्व, जात्रा मनाउनका लागि नयाँ मापदण्ड लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेको नेपालीहरुको चाड दशैं–तिहार, जात्रालाई मध्यनजर गर्दै नयाँ मापदण्ड लागू गरेको हो ।

‘सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँगै भेटघाट कम गर्ने । यदि भेटघाट गर्नेपर्ने भएमा कम्तिमा २ मिटर को दूरी अनिवार्य रुपमा कायम गर्ने’ मन्त्रालयले भनेको छ, ‘चाडपर्वको समयमा घर बाहिर नजाने । यदि जानैपर्ने भएमा सहभागि हुँदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने । चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ।’

त्यस्तै मन्त्रालयले धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्न आग्रह गरेको छ । ‘अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने तर, अंगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने’, मन्त्रालयले भनेको छ ।

यस्तै ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएकाहरु, ६० वर्षभन्दा माथि र १२ वर्षभन्दा कम उमेर, गर्भवती तथा सुत्केरी, रोग प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी, अंग प्रत्यारोपण गरेकाहरु, मेडिकल उपकरण शरीरमा राखेर हालसालै सर्जरी गरेकाहरुलाई चाडपर्व, जात्रा र उसत्वमा सहभागी नहुन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस