३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब जिल्लामै कृषि र पशुपंक्षी सेवा

अ+ अ-

कास्की । गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पुर्‍याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्न लागिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि ज्ञान केन्द्र थप पाँच जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चार जिल्लामा विस्तार गर्ने तयारी गरिएको मन्त्री लेखबहादुर थापामगरले जानकारी दिए ।

उनका अनुसार हाल प्रदेशका छ वटा जिल्लामा कृषि ज्ञान केन्द्र रहेकामा विस्तार गरी नवलपुर, कास्की, बागलुङ, मनाङ र मुस्ताङमा कार्यालय स्थापना गरिनेछ । त्यसैगरी पर्वत, नवलपुर, मनाङ र मुस्ताङमा विज्ञकेन्द्र स्थापना हुनेछन् । हाल सात जिल्लामा विज्ञकेन्द्र छन् । सबै जिल्लामा कार्यालय नहुँदा एउटा कार्यालयले एकभन्दा बढी जिल्लासमेत हेर्नुपर्थ्यो ।

जिल्लास्थित कार्यालयकोे सेवा सबै जिल्लामा पु¥याउन हालको कर्मचारी दरबन्दीभित्रै रहेर सङ्गठन संरचना व्यवस्थापनको काम भइरहेको र केही थप कर्मचारी आवश्यक परेमा करारबाट नियुक्त गरिने उनल बताए । “हामीले सबै जिल्लामा कार्यालय स्थापनाका लागि सङ्गठन संरचना व्यवस्थापनको काम गरिरहेका छौँ, मन्त्रिपरिषद्बाट सङ्गठन व्यवस्थापन पारित भएपछि आगामी भदौ दोस्रो साताभित्रमा कार्यालय स्थापना गर्न शुरु गर्छौं, सकभर मौजुदा कर्मचारीबाट नै व्यवस्थापन गरिन्छ ।” उनले भने ।

प्रदेश लोकसेवा आयोग गठन भइनसकेकाले समेत आवश्यक कर्मचारी करार प्रक्रियाबाट नियुक्ति गरेर भए पनि कार्यालय विस्तारमा सरकार छ । कृषि मन्त्रालयअन्तर्गत हाल कृषि विकास निर्देशनालय , पशुपंक्षी विकास निर्देशनालय तथा अन्य २४ कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस