लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टद्वारा पदभार ग्रहण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टद्वारा पदभार ग्रहण


२१ श्रावण २०७७, बुधबार


काठमाडौँ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील भट्टले पदभार ग्रहण गरेका छन् ।

मन्त्रिपरिषदद्वारा सोमबार बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गरेका भट्टले बुधवार कार्यभार सम्हालेका हुन् ।

राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सार्वजनिक निजी साझेदारी तथा आयोजना बैङ्क हेर्दै आएका भट्टले बोर्डमा रोकिएका सबै गतिविधि अगाडी बढाउने बताएका छन् ।

आफू मुलुकको हितमा काम गर्न सधैँ तत्पर रहने व्यक्ति भएकाले कामबाटै आफ्नो क्षमता प्रमाणित गरेर देखाउने उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस