५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध नेपालका साथ अग्रजको सपना साकार पार्छौ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै उनले पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताए ।

समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन हामी अग्रसर रहेका छौँ भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउन पनि उनले आह्वान गरेका छन् ।

अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता थिए । १५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिष्ट घोषणापत्र जारी गर्दा उनी पनि सहभागी रहेका थिए । विसं २००८ मा स्थापना भएको अखिल नेपाल किसान सङ्घको उनी संस्थापक अध्यक्ष थिए । विसं २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व उनले गरेका थिए । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा उनले ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गरेका थिए ।

तत्कालीन संसद्को राष्ट्रियसभामा पाँच सिट रहेको कम्युनिष्ट पार्टीको संसद्मा सशक्त भूमिकाका लागि अमात्यको स्मरणीय योगदान छ । विसं २०१९ मा भएको नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट उनी पार्टीको महासचिव चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस