जब न्यायले नै चिन्न छोड्‌यो अन्याय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जब न्यायले नै चिन्न छोड्‌यो अन्याय


१० श्रावण २०७७, शनिबार


निकै फेरिए जस्तो लाग्दै छ समय,
जब न्यायले नै चिन्न छोड्‌यो अन्याय ।

गरिब निमुखाले अब बाँच्नु पनि किन ?
जब मुद्दाको फैसला गरिन्छ हेरेर आय

मर्नेभन्दा मार्ने नै निर्दोष हुने देशमा,
मान्छे मार्न अब कसले मान्ला र भय !

न्यायाधीश त कलियुगका देवता हुन् श्रीमान्,
भगवान् मान्‍नेहरुले पनि त आखिर के पाए ?

मलाई विश्वास छ न्याय कदापि मर्नेछैन,
भएका गलत फैसला एकाएक गरी सच्याए !

 

Tags :
प्रतिक्रिया दिनुहोस