विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २७ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका एक प्रहरीमा कोरोना पुष्टि भएसँगै अन्य प्रहरी पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । प्रहरी कर्मचारीहरु सेल्फ क्वारेन्टिनबाटै भच्र्युअल माध्यमबाट कार्यालयको काम गरिरहेका छन् ।
बुधबार प्रदेश प्रहरी कार्यालयका थप १२ जनाको स्वाब संकलन गरिएको र परीक्षणका लागि पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । उनले १२ जनाको रिपोर्ट आइसकेपछि थप १५० जनाको स्वाव संकलन गरी परीक्षण गरिने बताए ।
कार्यालयको काम भने केही दिनलाई अनलाईन माध्यमबाटै गरिने प्रवक्ता पोखरेलले जानकारी दिए ।