तीन जिल्लामा नयाँ सिडिओ, दुई जना गृहबाटै आउट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

तीन जिल्लामा नयाँ सिडिओ, दुई जना गृहबाटै आउट


४ श्रावण २०७७, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फेरेको छ ।

मन्त्रालयका अनुसार सुनसरी, उदयपुर र बागलुङ जिल्लाको सिडिओमा नयाँ सिडिओ पठाएको हो । जसअनुसार सहसचिवत्रय फणीन्द्र पोखरेललाई सुनसरी, चक्रपाणि पाण्डेलाई उदयपुर र सुरेश न्यौपानेलाई बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

सुनसरी र उदयपुरका सिडिओ क्रमशः राजेश पौडेल र दीपक पहाडी गृहबाटै बाहिरिएका छन् भने बागलुङका सिडिओ गौलोचन सैंजु गृह मन्त्रालयमा तानिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस