५ हजार घुससहित असई पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

५ हजार घुससहित असई पक्राउ


२३ असार २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक(असई) राम विश्वास राय यादवलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सर्लाहीको गौरीशंकर चौकीमा असई यादवलाई बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा आयोगको टोलीले उनलाई ईश्वरपुर नगरपालिका–१० श्रीनगर महारानी बजारस्थित कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगका प्रवक्ता कोइरालका अनुसार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस