सर्वदलीय बैठक सकियो, संविधान संशोधनका विषयमा छलफल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सर्वदलीय बैठक सकियो, संविधान संशोधनका विषयमा छलफल


१३ जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । सर्वदलीय बैठक भर्खरै सकिएको छ । बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ ।

बैठकको सुरुमै प्रधानमन्त्री केपी ओलीले नयाँ नक्सा जारी गर्नुको कारण र संविधान संशोधनको औचित्यबारे प्रस्ट्याएका थिए ।

प्रधानमन्त्री ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष जोड दिएका छन् ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधान संशोधनका अरू विषयमा छलफल गर्दै जान सकिने भएकाले राष्ट्रिय अखण्डताको विषयसँग सम्बन्धित संशोधनमा नमिसाउन आग्रह गरेका हुन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ भने समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग पनि समेट्न आग्रह गरेका छन् ।

बालुवाटारमा भएको सर्वदलीय बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । तर पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकमा छलफल गर्ने भनेकाले केही समय दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

सर्वदलीय बैठकमा मधेसवादी दलका नेताहरू महन्त ठाकुर, उपेन्द्र यादव, डा।बाबुराम भट्टराई लगायतले भने संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि सम्बोधन पनि समेट्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले शुक्रवार दर्ता गरेको संशोधन विधेयक भोलि प्रतिनिधिसभामा पेस गर्ने तयारी छ । त्यसको पूर्वसंध्यामा सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले संशोधन विधेयक विना सर्त सर्वसम्मत रूपमा पास गर्न आग्रह गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस