२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरडीटी टेष्टका लागि मुस्लिम पहिचान गरिँदै

अ+ अ-

काभ्रेपलाञ्चोक । स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिरहेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय यो हप्ता ‘मुस्लिम पहिचान, आरडिटी अभियान’ झैँ स्थानीयस्तरमा लागेको छ । “स्थानीयस्तरमा रहेका मुस्लिम समुदायका व्यक्तिको पहिचान गरी आरडिटी गराइरहेका छौँ”, कार्यालयप्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार तीन दिनमा करिब ६० जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत हप्ता उदयपुरमा भेटिएका कारोना सङ्क्रमितमध्ये केही भारतीय मुस्लिमसमेत रहेकाले काभ्रेपलाञ्चोकमा बसोबास गर्दै आएका मुस्लिम समुदायका व्यक्तिको पनि ‘ट्राभल हिस्ट्री’ बुझ्दै आरडिटी गर्न थालिएको हो । स्थानीयस्तरमा ती समुदायका व्यक्तिलाई कोरोना भाइरसबारे सचेतना गराई उनीहरुको पछिल्लो यात्राबारे जानकारी लिँदै आवश्यकतानुसार परीक्षण गर्दै आएको झाले बताए । उनले भने, “उनीहरुको ट्राभल हिस्ट्री लिएपछि मात्रै आवश्यकतानुसार आरडिटी गर्छौँ, आरडिटीमा पनि शङ्का लागेमा थप परीक्षण पिसीआर पनि गर्नेछौँ ।”

कार्यालयले गरेको प्रारम्भिक पहिचानअनुसार बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरमा मुस्लिम समुदायका व्यक्ति बसोबास गर्ने पाइएको हो । बनेपा नगपालिका–१० थापागाउँमा बस्ने ३० मुस्लिमको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको झाले जानकारी दिए । उनका अनुसार उनीहरुको हाल थप परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) गर्नुपर्ने देखिएको छैन । “थप परीक्षण गर्नुपर्ने आवश्यकता भए गर्न सकिन्छ”, झाले भने । उदयपुरमा आरडिटी गरिएको भारतीय मुस्लमको थप परीक्षणमा कारोना पोजेटिभ देखिएको थियो ।

बनेपा नगपालिका–१० मा बस्ने ३० मुस्लिम समुदायका व्यक्ति उदयपुरस्थित मुस्जिदको कार्यक्रममा सहभागी भएर आएको जानकारी प्राप्त भएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए । उनले भने, “उनीहरुको आरडिटीमा नेगेटिभ देखिए पनि पिसीआर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।” उनका अनुसार २७ पुरुष र तीन महिलालाई ‘होम क्वारेन्टाइन’मै बसाइएको छ । उनीहरु निर्माण तथा गहना बनाउने कामका सिलसिलामा वर्षौँदेखि बनेपामा बस्दै आएका छन् ।

यसअघि विभिन्न मुलुकबाट गत चैत महिनायता घर फर्किएका २५१ काभ्रेलीमा गरिएको आरडिटीमा कारोना भाइरस नेगेटिभ देखिएको थियो । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्ता ३०० किट उपलब्ध गराएपछि आरडिटी गर्न थालिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस