एसइईको प्रवेश पत्रका लागि दुई हजार घुस लिने प्रधानाध्यापक पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एसइईको प्रवेश पत्रका लागि दुई हजार घुस लिने प्रधानाध्यापक पक्राउ


५ चैत्र २०७६, बुधबार


अख्तियार

काठमाडौँ । जनता माध्यमिक विद्यालय नकटाजिझ धनुषाका प्रधानाध्यापक पक्राउ परेका छन् ।

एसइई परीक्षाको प्रवेश पत्र लिन जाने अभिभावकसँग दुई हजार घुस लिने प्रधानाध्यापक महेन्द्र महतोलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

परीक्षाको रजिष्ट्रेशन फारम नभरेकोले फारम भरी प्रवेश पत्र दिने भनी अभिभावकले प्रवेश पत्र लिन जाँदा घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा खटिएको टोलीले दुई हजार रुपैयाँ लिई सकेको अवस्थामा विद्यालय परिसरबाटै रकम सहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस