२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमस्कारसहितको सेवा गर्ने प्रतिबद्धता

अ+ अ-

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवा प्रवाहलाई मानव अधिकारमुखी बनाउन सेवाग्राहीलाई प्रथम नमस्कारसहितको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज यहाँ एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड’ विषयक सचेतना कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सेवाग्राही र सेवा प्रदायक निकायबीच सुमधुर सम्बन्ध बनाउनका लागि कर्मचारीले सेवाग्राहीसँग अभिवादन तथा समानजनक व्यवहार, छिटो र छरितो सेवा प्रवाह, भलाकुसारी तथा सम्बन्ध विस्तार, असम्भव पक्षलाई विकल्प दिने, सेवा पृष्ठपोषण लिने, सेवाग्राहीसँग सेवाबारे अप्रत्यक्ष रुपमा छलफल गर्नेलगायतका विषयमा जोड दिइएको छ ।

गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले विगतमा सेवाग्राही कार्यालयमा आउँदा सेवाग्राहीले नै सुरुमा नमस्कार गर्ने गरेको र अबका दिनमा व्यावहारिक पक्षलाई ध्यान दिँदै नमस्कार गरेर स्वागत गर्ने बताए ।

उनले सेवाग्राही र सेवा प्रदायी निकायबीच सुमधुर सम्बन्ध भई काम कारवाहीमा पनि सहज हुने उल्लेख गरे । एफएमडिसीका कार्यकारी निर्देशक उमीदबाग चन्दले गौरीगङ्गा नगरपालिकालाई एक वर्षभित्र मानव अधिकारमैत्री नगरपालिका बनाउन एफएमडिसी र नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड विषयमा छलफल गरिएको थियो ।रासस