काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको वेबसाइटमा पोर्न भिडियो देखापरेको छ । प्रधानमन्त्रीको वेबसाइट दुरुपयोग भएर पोर्न भिडियो अपलोड भएको देखा परेको हो ।
केपीशर्माआली डटकम (kpsharmaoli.com)मा अश्लील सामाग्री राखिएको देखा परेपछि सरकारले अनुसन्धान शुरु गरेको छ ।
सरकारले पोर्न भिडियोमा प्रतिबन्ध लगाएपछि प्रधानमन्त्रीको वेबसाइटमा सयौंको संख्यामा पोर्न भिडियो देखा परेका छन् ।
यस्तो भिडियो कसले र किन राखियो भन्ने बारे सरकार अनुसन्धानमा रहेको बताइएको छ ।
आइटी विज्ञले भने सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ तर यो मात्र समाधान नरहेको उसले बताएको छ । प्रधानमन्त्रीको नाममा रहेको यो डोमेनले अन्तरराष्ट्रिय क्षेत्रसम्मनै यसको असर पर्ने बताइएको छ । यसलाई नेपालका नदेखिने बनाउने भन्दा पनि सरकारले यो डोमेन प्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आईटी विज्ञले सुझाव दिएका छन् ।
प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले यो डोमेन कसैले दुरुपयोग गरेको बताएका छन् । उनले भनेका छन्,‘‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ। यस विषयमा प्रहरीसँग समन्वय गरेका छौं, डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौं तर डटकम भएकाले सम्भव छैन।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७५ असोज ६ गते यौनजन्य सामग्री आदानप्रदान, प्रकाशन तथा प्रसारणमा रोक लगाएको थियो। उक्त निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता वेबसाइटलाई तुरुन्त बन्द गर्न निर्देशन दिएको थियो। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२१ ले यौनजन्य अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ।