काठमाडौँ । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो ।
त्रिभुवन विमानस्थलको टर्मिनलमा सुरक्षा जाँचका क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा पक्राउ पूर्जी जारी भएपछि प्रहरी कार्यालय पुगेकी उनलाई प्रहरीले त्यहीँबाटै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।