आस्था राउतलाई पक्राउ गर्न अनुमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आस्था राउतलाई पक्राउ गर्न अनुमति


५ माघ २०७६, आइतबार


काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो ।

बधुबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् । उनलाई प्रहरी जवानले ‘तँ’ भनेको भन्दै, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

उनले अगाडि भनेकी छन्, ‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’

भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।

बुधबार राउत भद्रपुर जाने क्रममा विमानस्थलमा पुगेकी राउत आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षाकर्मीले ज्याकेट फुकाल्न लगाएका भनेको थियो ।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुनः चेकजाँचका क्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्।

कफि पिउँदै आएकी राउतले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित राख्दै चेकजाँच सकिएपछि फिर्ता लिन भनेकी थिइन तर, राउतले वास्तै नगरी हिड्न खोजेपछि प्रहरीले उनलाई लैजान भन्छिन् । सो क्रममा कफीको कफ ठेलाठेल हुँदा टेवुलमा कफि पोखिएको थियो । कफीको कप टेबुलमै छोडेर हिँडेकी राउतले प्रहरी कर्मचारीलाई औला ठड्याउँदै गाली गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस