राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी माग नगर्न सामान्य प्रशासन मन्त्रालयको सर्कुलर « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी माग नगर्न सामान्य प्रशासन मन्त्रालयको सर्कुलर


१७ पुस २०७६, बिहिबार


समायोजन

काठमाडौं । राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग, बोर्ड, केन्द्र, परिषद, कार्यालय, प्राधिकरण, सातवटै प्रदेश प्रमुखका कार्यालय र ७७ वटै जिल्ला समन्वय समितिका कार्यालयहरुलाई पदपूर्तिसम्बन्धी माग स्थगित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगले स्थानीय तहका लागि माग गरेको कर्मचारी सिफारिस हुने क्रम यथावत् रहेको अवस्थामा थप कर्मचारी माग गर्दा आवश्यकताभन्दा बढी कर्मचारी पूर्ति हुने भएकाले अर्को व्यवस्थापन नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरुको पद रिक्त भए पनि हाललाई माग आकृति फाराम भरेर नपठाउन भनिएको छ ।

यसअघि माग भएका कर्मचारी लोक सेवाले सिफारिस नगर्दै स्थानीय तहले पदपूर्तिसम्बन्धी माग फाराम भरेर मन्त्रालयमा पठाइसकेका छन् । यसबाट दोहोरो पर्न गई व्यस्थापन पाटो दर्शाउँदै राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी तत्काल पदपूर्तिसम्बन्धी माग नगर्न भनिएको छ । राजपत्र अनंकितमा सुब्बा, खरदार पर्दछन् भने श्रेणीविहीनमा कार्यालय सहयोगीलगायत पर्दछन् ।

लोक सेवा आयोगले छनोट गरी नियुक्तिका लागि सिफारिस गरेका कर्मचारीहरुलाई कतिपय स्थानीय तहले हाजिर नगराएपछि व्यवस्थापनमा समस्या भइरहेको छ ।

सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस