राष्ट्रपति भण्डारी विवाह महोत्सवमा सहभागी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राष्ट्रपति भण्डारी विवाह महोत्सवमा सहभागी


१३ मंसिर २०७६, शुक्रबार


जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी छन् । महोत्सवमा आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी हुन्।

जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुने बताइएको छ ।

विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ।

भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि महोत्सवमा सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस