२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरसफाइ अभियानले प्रदेशकै नयाँ पहिचान दिएको छ : मन्त्री लम्साल

अ+ अ-

तनहुँ । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी प्रदेशकै नयाँ पहिचान दिएकोे बताएका छन् ।

भम्रण वर्ष २०२० को अवसरमा तनहुँको ब्यास नगरपालिकाद्वारा आयोजित बृहत् राजमार्ग सरसफाइ अभियानको आज दमौलीमा उद्घाटन गर्दै उनले सरसफाइले सभ्य नागरिकको पहिचान दिने हुँदा यसतर्फ सबै लाग्नुपर्ने बताए ।

मन्त्री लम्सालले भने, ‘आन्तरिक एवं बाह्य पर्यटक भ्रमणका लागि आउँदा कसैले नाक खुम्चाउन नपर्ने गरी प्रदेशमै नमूना सरसफाइ गरेर देखाउन सक्नुपर्दछ । ‘

गण्डकी प्रदेशको राजधानीको प्रवेशद्वार तनहुँलाई सरसफाइमैत्री बनाउनुपर्ने आवश्यकतामाथि जोड दिदैं उनले सार्वजनिकस्थलमा कसैले फोहर फ्याँकेमा कारवाही गरिने बताए । ‘यसका लागि प्रदेश सरकारले विधेयक र कार्यक्रम ल्याउन लागेको छ’, उनले भने ।

मन्त्री लम्सालले यस अभियानमा नागरिक समाज, टोल विकास संस्था, आमा समूह, बुद्धिजीवी, राजनीतिक दल, कर्मचारी, विद्यार्थी लगायतका सबै क्षेत्रको सक्रिय सहभागिता हुनुपर्ने बताए ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सरसफाइ अभियानलाई निरन्तरता दिँदै जाने योजना नगरपालिकाको रहेको जानकारी दिए ।

उक्त अभियानअन्तर्गत जिल्लाको पूर्वमा मुग्लिनदेखि पश्चिममा कोत्रेसम्मको ७२ किलोमिटर राजमार्गमा एकैसाथ सरसफाइ गरिएको हो । सरसफाइ अभियानअन्तर्गत पृथ्वीराजमार्गमा पर्ने तीन गाउँपालिका र दुई नगरपालिका रहेका छन् । जसमा आँबुखैरेनी, बन्दिपुर गाउँपालिका, ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिममा शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सरसफाइ अभियान थालिएको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, ब्यास नगरपालिका—१२ मा जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्ले, प्रदेशसभा सदस्य दोबाटे विश्वकर्मा, ब्यास नगरपालिका—१ मा प्रदेशसभा सदस्य सरिता गुरुङ, ब्यासनगरपालिका–२, ३ र ४ मा पर्यटनमन्त्री विकास लम्साल, ब्यास नगरपालिका—५ चापघाटमा प्रतिनिधिसभा सदस्य कलिला खानले सरसफाइ कार्यक्रमको उद्घाटन गरेका हुन् ।रासस