२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन पवर्द्धन हुने विश्वास

अ+ अ-

पोखरा । मित्र राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका क्रममा बिहीबार पोखरा आउने छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकन गर्ने छन् । राष्ट्रपति हमिदको पोखरा भ्रमणका कार्यक्रम निर्धारित भएसँगै पोखरामा यसको तयारी तीव्र पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

प्रजिअ केसीका अनुसार बिहीबार बिहान १०ः३० बजे राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल आउने छन् । विमानस्थलबाट राष्ट्रपति हमिदले सीधै फेवाताल किनारास्थित फिष्टेल लजमा पुगी आराम तथा भोजन गर्ने छन् । फेवातालमा केही समय जलविहार गर्दै उनले अपराह्न २ः३० बजे पोखरा विमानस्थलबाट हेलिकप्टरमा रुपाकोटस्थित ‘रुपाकोट’ रिसोर्ट पुगी दृश्यावलोकन गर्ने कार्यक्रम छ ।

रुपाकोटमा दृश्यावलोकनपछि उनी हेलिकप्टरबाट सीधै काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रजिअ केसीले जानकारी दिए । राष्ट्रपति हमिदको पर्यटकीय नगरीको भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । अतिविशिष्ट व्यक्तिको भ्रमण हुनु आफैँमा महत्वपूर्ण रहेको पर्यटन व्यवसायी बताउँछन् । राष्ट्रपति हमिदको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले बताए । राष्ट्रपति हमिदको पोखरा बसाइ भव्य बनाउन सबैले आआफ्ना तर्फबाट सहयोग पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को संस्थापक सदस्य बङ्गलादेशबाट नेपालमा वार्षिक २५ देखि ३० हजारसम्म पर्यटक आउँछन् । भौगोलिक निकटता, त्यहाँको ठूलो जनसङ्ख्यालगायत कारण बङ्गलादेश नेपालको राम्रो पर्यटन बजार रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए । अतिविशिष्ट व्यक्तिको भ्रमणसँगै यसले देशी विदेशी सञ्चारमाध्यममा राम्रो चासो र चर्चा पाउने भएकाले राष्ट्रपति हमिदको पोखरा भ्रमणले महत्वपूर्ण अर्थ राख्ने उनको भनाइ छ ।

विसं २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि लोभ्याएको थियो । सार्क मन्त्रिपरिषद्को बैठकमा सार्क राष्ट्रबाट प्रतिनिधित्व गर्ने परराष्ट्र एवम् विदेशमन्त्री तथा अन्य पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेर फर्केको विषय उक्त समयमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय सञ्चारमाध्यममा छाएको थियो ।

उक्त बैठकमा सहभागी हुन आएका भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलगायत पाहुनाले पोखरालाई भगवानले फुर्सदमा बनाएको ठाउँ र प्रकृतिको अनुपम वरदान भएकाले महत्वपूर्ण निर्णय लिनका लागि उपयुक्त गन्तव्य जस्ता उपमा दिएका थिए । यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस