कैलाली । चरेस ओसारपसारमा संलग्न भएको आरोपमा बझाङबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका–८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् । बझाङको सदरमुकाम चैनपुरबाट ना ६ ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा प्रहरी चौकी स्याडी, बझाङको टोलीले जप्रेललाई पक्राउ गरेको हो ।
उनको साथबाट दुईवटा झोला प्लाष्टिकमा बेरेर राखेको १३ किलो ९०० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेश बमले जानकारी दिए ।
पक्राउ परेका जप्रेललाई जिल्ला प्रहरी कार्यालय बझाङमा राखी थप अनुसन्धान गरिहेको डीएसपी बमले बताए ।







