काठमाडौं । थाइल्याण्डका राजा वजिरालोङकोनले दरबारका ६ कर्मचारीलाई पदबाट बर्खास्त गरेका छन् । गलत व्यवहार गरेको र राजालाई सम्मान नगरेको आरोप लगाउँदै उनीहरुलाई पदबाट हटाइएको हो ।
पदबाट हटाईकएका मध्ये एक जना महिला, एक वरिष्ठ प्रहरी अधिकृत र दुइजना गार्डसमेत रहेका छन् । एक जना प्रहरी लेफ्टिनेन्ट जनरल साकोल्केट चान्त्रा रहेको बताइएको छ । ती व्यक्तिले दरबारको नाममा प्रयोग गरेर आफ्नो र आफन्तको लागि मात्रै फाइदा लिने काम गरेको आरोप लगाइएको छ ।
यसअघि राजाले आफ्नी उपपत्नीका सम्पूर्ण पदवी खोसिदिएका थिए ।
दरबारमा के कारणले यस्ता घटना भइरहेका छन् भन्नेबारे थाइल्याण्डमा चासो भएपनि दरबारको मामिलामा प्रश्न उठाउने कानुन नभएकाले सो सम्बन्धमा चर्चा वर्जित मानिन्छ । बीबीसी