२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिका स्वागतको तयारीमा

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका लागि विभिन्न स्थानमा सरसफाइ र स्वागतद्वार निर्माणको काम सम्पन्न गरेको छ ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले २३ वर्षपछि चीनका राष्ट्राध्यक्षबाट हुन लागेको नेपाल भ्रमणका लागि कामपाले आफूले गर्ने सबै तयारी पूरा गरेको स्पष्ट गरे । कामपाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अगाडि र त्रिपुरेश्वरमा स्वागतद्वार निर्माणको काम सकेको छ । विशिष्ट पाहुनको स्वागतका लागि कामपा कर्मचारी स्वागतका लागि आआफ्ना वडा कार्यालयको नजीक रहने जनाइएको छ ।

हरेक दिन रातको समयमा मात्रै सडकको सफाइ गर्दै आएको कामपाले राष्ट्रपति सीको भ्रमणका समयमा सडक सफा राख्नका लागि अपराह्न पनि ब्रुमर प्रयोग गरेको थियो । तीनकुनेमा हरियालीसहित सजावटको काम पनि कामपाले नै गरेको उपप्रमुख खड्गीले जानकारी दिए।

बडादशैँका समयमा फोहर व्यवस्थापन गर्न समस्या हुने भए पनि कामपाले पहिलो पटक दशैँका समयमा पनि नियमित रुपमा फोहर नुवाकोटको सिसडोल पुर्‍याएको छ । भूकम्पपछिको सम्पदाको पुनःनिर्माणमा चीनको उत्तिकै योगदान रहेको छ । रानीपोखरी नजीकको दरबार हाइस्कूल, वसन्तपुरको नौतले दरबार तथा नुवाकोटको साततले दरबार र तलेजु भवानीको मन्दिर चिनियाँ सहयोगमा पुनःनिर्माण भइरहेको उपप्रमुख खड्गीले जानकारी दिए ।

नेपाल सरकार, नेपाली जनता र सिङ्गो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको बताउँदै खड्गीले उनको दुईदिने राजकीय भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी नेपालको दुईदिवसीय राजकीय भ्रमणका लागि केही बेरमा काठमाडौँ आउँदै छन् ।रासस