काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ । उनको कलेजोको खराबीका कारण ६१ वर्षको उमेरमा निधन भएको हो।
उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका हो । आचार्यको केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
उनी दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त पत्रकार हुन् । हाल न्यूज–२४ को समाचार प्रमुख थिए ।
पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उनका श्रीमती, एक छोरी छन् ।







