२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी चेकजाँच तथा अनुगमन

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ ।

चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाहरुको समन्वयमा बसपार्क क्षेत्रमा सवारी जाँच र अनुगमन गरिएको हो । दशैँका समयमा पुख्र्यौली घर फर्किने यात्रुहरुको यात्रा सहज होस् भन्ने उद्देश्यले बसपार्कमा सवारी साधनको उपलब्धता, काउण्टरले प्रदान गरेको सेवा, बसमा सवार यात्रुहरुको अवस्थाबारे जाँच र अनुगमन गरिएको समितिका संयोजक तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले जानकारी दिए।

समितिले दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारी साधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारीधनी एवं आम नागरिकमा अपिलसमेत गरेको उनले बताए । अनुगमनका क्रममा कतिपय यात्रुहरुले समयमा गाडी नछुटेको, एउटै सिटमा दोहोरो टिकट दिएको, गाडी नम्बर उल्लेख नगरी टिकट दिँदा समस्या भएको गुनासो गरेको समितिका संयोजक खरेलले बताए।

यसैबीच विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरेर रुपन्देही प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा योजना मजबुत पारिएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा आपराधिक गतिविधि हुनसक्ने भएकाले विशेष सुरक्षा सतर्कता अपनाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । “सर्वसाधारण ठगिने, लुटिने र रमाइलोका नाममा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, जुवातास खेल्नेजस्ता क्रियाकलाप हुन सक्छन्, त्यसको नियन्त्रणका लागि प्रहरी सतर्क छ ।” इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले भने ।