सभामुख महरामाथिको आरोप निराधार भएको सचिवालयको दाबी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सभामुख महरामाथिको आरोप निराधार भएको सचिवालयको दाबी


१४ आश्विन २०७६, मंगलबार


काठमाडौं । सभामुख कृष्ण बहादुर महरामाथि एक महिला कमैचारीले लगाएको दुव्र्यवहारको आरोप निराधार रहेको उनको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयले एक विज्ञप्ति जारी गर्दै महिला कर्मचारीले लगाएको आरोप निराधार रहेको दाबी गरेको हो ।

संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुव्यवहार गरेको आरोप लगाएकी थिइन् । तर, सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै यो आरोप निराधार रहेको पुष्टि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने गम्भीर आरोप लगाई समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोप प्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।’

सभामुखले महिला कर्मचारीको कोठामा गएर रक्सिले मातिएपछि आफूमाथि दुव्र्यव्यवहार गरेको आरोप लगाएकी छन् ।

कर्मचारी समायोजनमा उनले केन्द्रमै रहन चाहेको र भनेजस्तो नभएपछि त्यसको रिस पोखेको भन्ने प्रेस विज्ञप्तिमा दाबी गरिएको छ ।

यस्तो छ विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस