२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुपू सैनिक र एकल महिलाका लागि शिक्षा, स्वास्थ्य, सीप र सुविधा सेनाको प्राथमिकता

अ+ अ-

काठमाडौं ।  नेपाली सेनाले भूतपूर्व सैनिक र एकल महिलालाई स्वरोजगारका माध्यमबाट जीवनस्तर उकास्नका लागि मुलुकका विभिन्न भागमा तालीम र प्रशिक्षणलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।सैनिक एकल महिला तथा घाइते परिवारबाट प्राप्त राय सुुझाव र सल्लाहअनुरुप सीप तथा स्वरोजगारका कार्यक्रमलाई प्रभावकारी तुल्याउन तालीम सञ्चालनका लागि थप भौतिक पूर्वाधार निर्माण गरिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

विगतमा सीप सिकाइएका एकल महिलालाई आफ्नै तालीमसित सम्बन्धित व्यवसाय सञ्चालन गर्न अवसर प्रदान गरी आत्मनिर्भर तुल्याउने उद्देश्यले नेपाली सेनाले बालाजुस्थित एक नम्बर बाहिनी र बाँसबारीस्थित रिपुमर्दनी माध्यामिक विद्यालय परिसरमा त्यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

सकल दर्जाका लागि विश्राम भवनका रुपमा करीब दुई करोड २० लाखको लागतमा निर्माण गरिएको ती संरचनामा तालीम तथा व्यवसाय सञ्चालन भइरहेको छ । एकल महिला स्वरोजगार केन्द्रले सैनिक कल्याणकारी कोषको दायरामा रहेका धेरै महिलालाई आत्मनिर्भर तुल्याउने काममा ठूलो योगदान पुर्‍याउँदै आएको छ ।

सेनाले आगामी दिनमा बुुटवल र पोखरामा पनि यस्ता संरचना बनाएर तालीममार्फत उनीहरुको जीवनस्तर उठाउने सोच बनाएको छ । एकल महिलाले सञ्चालन गरेको व्यवसायबाट प्राप्त मुनाफाको ५० प्रतिशत सम्बन्धित व्यवसायीले प्राप्त गर्नेछ भने बाँकी ५० प्रतिशत केही भवन मर्मत, केही सैनिक श्रीमती संघ र केही फरकक्षमता भएका सन्ततीलाई सहयोग पुर्‍याउने छ ।

लमजुङमा नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्र स्थापना, व्यावसायिक तालीम पृतना तहसम्म विस्तार, काठमाडौंँ र चितवनमा एकल महिला स्वरोजगार केन्द्र स्थापना गरिसकेको छ ।

सैनिक श्रीमती सङ्घबाट सञ्चालित शीप विकास तालीम, ब्युटिसियन, सिलाइबुनाई तथा बेकरी, अचार, मैनबत्ती र पेन्सील बनाउनेजस्ता तालीमले एकल महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

विगतको द्वन्द्व, रसुवाको राम्चे पहिरो, रामेछाप आगलागी, २०७२ को भूकम्प, विभिन्न समयमा भएका घटनाका वीरगति प्राप्तका एकल महिला तथा घाइतेको जीवनस्तर उकास्न सैनिक कल्याणकारी कोषले स्वरोजगारका लागि सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराएर लघुवित्तका कार्यक्रमलाई पनि प्रोत्साहन गर्दै आएको छ ।

जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक एकल महिला तथा घाइते परिवारको संरक्षणका लागि सरकार अविचलित र दृढ भएर उभिरहेको स्पष्ट पारेका थिए।

सैनिक ऐनको परिधिभित्र रहेर नेपाली सेनाका कल्याणकारी कोषले जग्गा तथा भौतिक पूर्वाधारमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । भुपू सैनिक सैनिक, एकल महिला तथा घाइते र आश्रित परिवारको सङ्ख्या करीब ६७ हजारको हाराहारीमा छ ।

सैनिक एकल महिला तथा घाइते परिवार संघका संरक्षक लिली थापाले भनिन्, ‘सैनिक एकल महिला तथा घाइते परिवारलाई सहयोग र राहत दिने सवालमा विगतको तुलनामा अहिले नीतिगतरुपमा फड्को मारेको अवस्था छ ।’

सैनिक कल्याणकारी कोषले खासगरी भुपू सैनिक, आश्रित परिवार र एकल महिलासहितका हिताधिकारीलाई शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार र सुविधा तथा सहुलियतलाई प्राथमिकतामा राखेको छ ।

सेनाले फरक क्षमता भएका सन्ततिका लागि विशेष कार्यक्रम गरी देशका विभिन्न स्थानमा परिवार आवास, सुपथ मूल्यको खाजा घर, वीरगति प्राप्तका सन्तानलाई एक छोरीको विवाहमा रु ५० हजार अनुदान दिनेजस्ता सुविधा र सहुलियतका कार्यक्रम अघि बढाएको छ ।