भक्तपुर । चाँगुनारायण नगरपालिका-७, बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरीलाई गाई मारेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका पुरीले फर्ममा रहेको ४ वटा गाईमध्ये एउटा गाईलाई बिहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।