२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा : मन्त्री पोखरेल

अ+ अ-

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको संघीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उनले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपश्चात् उक्त नीति निर्माण गर्न लागिएको बताएका हुन् ।

मन्त्री पोखरेलले आज बस्ने मन्त्रिपरिषद्को बैठकले शिक्षकको दरबन्दीबारे निर्णय गरिने जानकारी दिँदै पालिका तहमा दरबन्दी पुनः वितरणमा नयाँ प्रक्रिया शुरु गरिने बताए ।

उनले नेपाल शिक्षक आयोगको परीक्षा उत्तीर्ण शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्दै स्थानीय पालिका तहमा नपुग विषयगत शिक्षक स्थानीय स्तरबाटै दरबन्दी पूर्ति गरिने जानकारी दिए । मन्त्री पोखरेलले सामुदायिक विद्यालय स्वायत्त संस्था भएकाले नजिताका आधारमा अनुदानको व्यवस्था भए स्तरीय पठनपाठन हुने विचार व्यक्त गरे ।

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले प्रदेशमा गुणात्मक एवम् जीवनोपयोगी शिक्षाका लागि कार्य भइरहेको जानकारी दिए । सो अवसरमा प्रदेशअन्तर्गत १४ जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका सदस्यहरुले आ–आफ्नो विद्यालयबाट गरिएका कार्यबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस