२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकता बलियो बनाउन आवश्यक छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

परासी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी एकतालाई बलियो बनाउन आग्रह गरेका छन् । नेकपा पश्चिम नवलपरासीको दोस्रो पूर्ण बैठकमा आज उनले भावनात्मक रूपमा अझै पनि पार्टी एकता पूर्ण नभएको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रदेश नं ५ इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले भने, ‘सङ्गठनतात्मक एकता भए पनि विचार, कार्यशैली र व्यवहारमा अझै एक हुन बाँकी रहेको छ, एकता बलियो बनाउन म सबैलाई आग्रह गर्दछु ।’

मुख्यमन्त्री पोखरेलले अहिले नेपाली काङ्ग्रेसले बोकेको उदार पूँजीवाद र नेकपाले बोकेको जनताको जनवादबीच प्रतिस्पर्धा रहेको भन्दै जनताको जनवादबाट समाजवाद स्थापना गर्ने नेकपाको लक्ष्य रहेको उल्लेख गरे ।

‘उदार पूँजीवादले हुने खानेको मात्रै विकास हुन्छ, जनताको जनवादले आम नेपाली सर्वहारा वर्गको उन्नति हुन्छ र खुशी प्रदान गर्दछ’, उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकारलाई असफल पार्न सरकारको राम्रा कामको समेत नकारात्मक टिप्पणी गरेर विपक्षीले भ्रम सिर्जना गरिरहेकाले तथ्य बुझेर मात्र आफ्नो धारणा बनाउन म आग्रह गर्दछु ।’

यसैगरी नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सहइञ्चार्ज बैजनाथ चौधरीले सरकारका कामको प्रचारप्रसार गर्न आग्रह गरे । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका चौधरीले भने, ‘सरकारले नागरिकको खुशीसँग जोडेर काम गरिरहेको छ, तर अनेक भ्रम सिर्जना गर्ने काम भइरहेकाले पार्टीका हरेक सदस्यले त्यसको प्रतिवाद गर्नुपर्छ ।’

यसैगरी नेकपा प्रदेश ५ कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरी घर्तीले समाजवाद हुँदै साम्यवाद स्थापना गर्न दुई कम्युनिष्ट पार्टीबीच एकता गरिएको उल्लेख गर्दै पार्टीले अघि सारेको समाजवादोन्मुख जनताको जनवादले समृद्धि हासिल हुने बताए ।

‘पार्टीको सङ्गठनात्मक एकता सकिएलगत्तै हामी समाजवादोन्मुख जनताको जनवादको विषयमा व्यवस्थित वैचारिक बहस चलाउनेछौँ’, उनले भने । दुई पार्टीबीचको एकतामा फाटो ल्याउने चौतर्फी प्रयास भइरहेको भन्दै उनले सचेत रहन कार्यकर्तालाई आग्रह गरे ।

नेकपा प्रदेश सचिव जगप्रसाद शर्माले नेपालमा समाजवाद स्थापना गर्नका लागि नै पार्टी एकता गरिएको बताए । नेकपा पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारीले बैठकबाट नेताहरुको कार्यविभाजन गरिने जानकारी दिए ।