काठमाडौँ । अभिलेख बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतबारबाट बिहानी सेवा सुरु गरेको छ ।
चन्द्रागिरि नगरपालिका १२ बलम्वुस्थित अभिलेखले नयाँ कार्यालय भवनबाट दैनिक बिहानी सेवासहित कारोबार सुरु गरेको हो ।
सदस्यहरूलाई संस्थाको कारोबारमा सहज बनाई थप सुविधा होस् भन्ने उद्देश्यले नयाँ कार्यालय भवन सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ ।
‘बचत तथा ऋणलाई मात्र प्राथमिकतामा नराखी ग्राहकलाई गुणस्तरीय सेवा दिनेतर्फ केन्द्रित हुँदै अघि बढ्ने हाम्रो सोच हो’, संस्थाका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने, ‘सदस्यहरूको सन्तुष्टि र विश्वास नै हाम्रो प्रेरणाको स्रोत हो ।’