२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँ : देउवा

अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आज आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाउँछ त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए ।

‘हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु(एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी(कांग्रेस) त्यस्तो हुनेछैन’, उनले भने, ‘यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको शुरुआत हुन्छ,’ । ‘

सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको छ भने । स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व कांग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उनले प्रजातन्त्रसहितको समाजवादमा कांग्रेस स्पष्ट रहेको बताए ।

सो अवसरमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकामा यतिखेर जनता निराश भएको आरोप लगाए । नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उनले जनताको त्यो चाहनालाई काँग्रेसले पूरा गर्नुपर्ने बताए । पार्टीभित्रको गुटबन्दीले काँग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै उनले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिए । प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उनले विश्वास व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले विगतमा पार्टीभित्रैबाट भएका घातप्रतिघातसमेतले पार्टीले नराम्रो पराजय भोग्नुपरेको बताउँदै आसन्न निर्वाचनमा त्यसबाट माथि उठ्दै सिङ्गो पार्टी पङ्क्ति एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काँग्रेसका लागि नयाँ चेतना आवश्यक भएको बताए ।

विसं २००७ यताका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले आगामी दिनमा पनि संविधान एवम् प्रजातन्त्रको रक्षार्थ आफूलाई सशक्त रुपमा अघि बढाउने उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले धार्मिक एवम् सामाजिक सहिष्णुता कमजोर बनेको वर्तमान अवस्थामा पार्टीको भूमिका सशक्त हुनुपर्ने बताए । आसन्न उपनिर्वाचनमा पार्टीलाई सशक्त रुपमा परिचालन गर्दै विजय हासिल गर्नेतर्फ उन्मुख बन्नुपर्ने उनको भनाइ थियो ।

पार्टी केन्द्रीय सदस्य कमला पन्त, प्रष्ठिानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले पार्टी सङ्गठनलाई थप सशक्त बनाउन प्रशिक्षण बहुउपयोगी बन्ने धारणा राखे । कार्यक्रममा सभापति देउवाले नेत्रविक्रम चन्द समूह परित्याग गरी कांग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई पार्टी सदस्यता प्रदान गरे । सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको पनि लोकार्पण गरिएको थियो । प्रशिक्षण शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस