प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण


१ श्रावण २०७६, बुधबार


हेटौँडा । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका तीन वटा विधेयक आज प्रमाणीकरण गरेकी छन् ।

आज प्रमाणीकरण गरिएका विधेयकमा प्रदेश सरकारको सञ्चितकोषबाट केही रकम खर्च गर्न व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश सरकारको आर्थिक ऐन कार्यान्वयन गर्न बनेको विधेयक २०७६ र कर तथा गैरकर राजश्वसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ रहेको प्रदेश प्रमुख कार्यालयको सचिवालयका सूचना अधिकारी राजेश तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस