३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलु चिप्स उद्योग सञ्चालनमा

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित घोकेचौरमा मङ्गलबारबाट ‘माता चण्डेश्वरी आलु चिप्स’को उद्योग सञ्चालनमा भएको छ । स्थानीय उद्योगी इच्छाराम दाहालले सञ्चालन गरेको उद्योग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा औजार खरीद गरी सञ्चालनमा ल्याइएको हो ।

“मेसिन मात्रै रु ३५ लाखमा खरीद गरेका छौँ”, उद्योगी दाहालले भने, “त्यसमा आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा रु १५ लाख र बाँकी आफैँले खरीद गरेको छु ।” त्यससँगै अन्य सामग्री खरीद गरी रु ५४ लाख ४७ हजार लागतमा सो उद्योग सञ्चालन गरेको उनले बताए।

चिप्ससँगै आलुको भुजिया र दालमोठसमेत उत्पादन गर्ने गरी अर्को मेसिन थपेर व्यवसायलाई विस्तार गर्न लागिरहेको दाहालले बताए । उद्योगबाट १०० किलो आलुबाट २५ किलो चिप्स उत्पादन हुने उनको भनाइ छ । उद्योग सञ्चालन भएसँगै त्यसका लागि आवश्यक पर्ने आलु यहीँको प्रयोग हुने भएकाले अब किसानले आलु बिक्री भएन भन्ने चिन्ता गर्नु नपर्ने दाहालले बताए ।

उद्योगबाट उत्पादन गरेको चिप्स आफ्नै कर्मचारीबाट बजारमा खुद्रा बिक्री गर्ने गरी तयारी भइरहेको जनाएको छ । वर्षको ३६ हजार दिने गरी १० वर्षका लागि आधा रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको सो उद्योगमा सात जनाले काम गर्नेछन् । मङ्गलबारबाट सञ्चालनमा ल्याइएको सो उद्योग आलु सुपरजोन काभ्रेपलाञ्चोकको सञ्चालक समिति अध्यक्ष हरिराम खतिवडाले उद्घाटन गगरेका हुन् । किसानले नै सञ्चालन गरेको उद्योगलाई ५० प्रतिशत अनुदान औजार खरीदमा सहयोग गरेको उनले बताए । उनले त्यससँगै जिल्लामा यस आर्थिक वर्षमा बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकामा गरी दुई रष्टिक स्टोर, भकारो सुधार र एक आलु चिप्स उद्योगमा सहयोग गरेको बताए ।

काभ्रेमा उत्पादन भएको आलु विषादीरहित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकले जिल्लामा किसानले उत्पादन गरेको आलु विषादीरहित भएको जनाएको छ ।

आलु सुपरजोन कार्यालयका प्रमुख दीपक पौडेलले हिउँदको समयमा किसानले मण्डनदेउपुर र पाँचखालमा उत्पादन गरेका आलुलाई खेतबाट नै नमूना सङ्कलन गरी काठमाडौंस्थित द्रुत विषादी विश्लेषण केन्द्रमा गरिएको अर्गानो फस्फेट र कार्वामेटको परीक्षण गर्ने क्रममा १० दशमलव ११ प्रतिशत मात्रै पाइएको बताए । “३५ प्रतिशतसम्मको आलु खाना मिल्ने हुन्छ, त्यो भन्दा माथि ४५ प्रतिशतसम्मको लागि केही दिन पर्खेर मात्रै खान मिल्ने अवस्था रहेकामा यहाँ उत्पादन भएका आलुमा विषादी नै छैन भन्ने प्रमाण द्रुत विषादी विश्लेषया केन्द्रले गरेको परीक्षणबाट पुष्टि गरेको छ”, कार्यालय प्रमुख पौडेलले भने ।

यसअघि काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलु र अन्य तरकारीमा बढी विषादी भएको हल्ला चलाएका कारण उत्पादन गरेको तरकारी बिक्रीमा समस्या उत्पन्न भएको थियो । तर परीक्षणका क्रममा जिल्लामा उत्पादित आलुमा विषादी नभएको देखाएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस