२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय निर्माणमा आर्थिक सहयोग जुट्दै

अ+ अ-

बेझाड । विद्यालय भवन अभावमा पठनपाठनमा समस्या झेल्दै आइरहेको रामपुरको कालिका प्राथमिक विद्यालयलाई भवन निर्माणमा सहयोग जुटेको छ । विभिन्न सञ्चारमाध्यममा भवन अभावमा खुला चौरमा विद्यालय सञ्चालन भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि अहिले विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो ।

सहयोग रकम प्राप्त भएपछि विद्यालयमा भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ । भौतिक योजना पुनःनिर्माण आयोजना पाल्पामार्फत विद्यालयमा भवन निर्माणको दुई वटा योजना परेको छ । पहिलो योजनाअन्तर्गत २३ लाख ९० हजार रकम प्राप्त भइसकेको छ । सो रकमबाट दुई कोठे विद्यालय भवन निर्माण कार्य सम्पन्न भइसकेको छ । सोही संस्थामार्फत दोस्रो योजनाअन्तर्गत तीनकोठे भवन निर्माणका लागि ३५ लाखको योजना परेको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताए ।

विद्यालयको अवस्था अत्यन्तै नाजुक देखेपछि जापानका नागरिक काजुमासा काकीमी (ओकेबाजे) ले चार कोठे भवन निर्माणका लागि दश लाख सहयोग गरेका छन् । ओकेबाजेमार्फत बन्न लागेको भवनको शिलान्यास भई निर्माण कार्य अगाडि बढेको छ । भवन निर्माणका लागि थप आवश्यक सहयोग गर्ने ओकेबाजेले बताए ।

शौचालयका लागि रामपुर नगरपालिका शिक्षा शाखाको पहलमा रु सात लाखको बजेट प्राप्त भएको छ । सो रकमबाट शौचालय निर्माण कार्य सकिएको र रङ्गरोगनको मात्र काम बाँकी रहेको छ । यहाँ शौचालय नहुँदा शिक्षक, विद्यार्थी झाँडी, खोलाका किनारमा गएर शौच गर्न बाध्य थिए । भवन अभावका कारण पठनपाठनमा समस्या भइरहेपछि भवन निर्माणमा सहयोगका लागि विभिन्न निकायसँग सहयोग माग गरिरहेको र रामपुर नगरपालिकामार्फत पनि थप सहयोगको लागि अनुरोध गरिरहेको नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताए ।

“भवन निर्माण कार्य छिटो सक्न विद्यालयलाई निर्देशन दिइरहेका छौँ, अन्य सहयोगका लागि शिक्षा शाखाले यस विद्यालयलाई चासोका साथ हेरिरहेको छ”, उनले भने । रामपुर नगरपालिका–२ को कार्यालयले एक लाख रकम छुट्याएको अध्यक्ष ताराबहादुर थापाले बताए ।

कक्षा नर्सरीदेखि ४ सम्म पढाइ हुने यस विद्यालयमा सरकारी दरबन्दीका तीन शिक्षक, एक बालविकास केन्द्र, एक जना कार्यालय सहयोगी र चार जना निजी स्रोतका शिक्षक कार्यरत छन् । पुरानो ठाउँ कागतीडाँडामा सञ्चालन हुँदै आएको विद्यालय नयाँ ठाउँ खयरबोटमा सारेपछि भवन अभावको समस्या निम्तिएको हो ।

गएको शैक्षिक सत्रमा विद्यार्थीलाई मध्यनजर गर्दै बस्तीदेखि झण्डै एक घण्टाको दूरीमा डाँडाभेगमा रहेको विद्यालय स्थानान्तरण गरेपछि अहिले विद्यार्थी सङ्ख्या पनि बढ्दो अवस्थामा छ । गाउँमा बसाइँ सरेर अन्यत्र गएपछि पुरानो ठाउँमा सञ्चालन हुँदै आएको विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भई गाँभिन पुग्ने अवस्थामा रहे पनि शिक्षक, अभिभावक, समिति सरोकारवाला निकायको पहलमा विद्यालय स्थानान्तरण गरिएको हो ।

शैक्षिक सत्र २०७४ मा आठ जना मात्रै विद्यार्थी रहेकोमा २०७५ मा नयाँ ठाउँमा विद्यालय सारेपछि विद्यार्थी सङ्ख्या ४७ पुगेको थियो भने यस शैक्षिक सत्रमा बढेर ५२ जना पुगेको छ । भवन निर्माणको क्रममा रहेकाले अहिले यो विद्यालय बाँसको टहरामा सञ्चालन हुँदै आएको छ । आकाशमुनि चौर, चौतारी, सामुदायिक भवनमा सञ्चालन हुँदै आएको विद्यालय टहरामै चलिरहेको छ । अबको दुई चार महीनाभित्र भवनबाटै विद्यालय सञ्चालन गर्ने गरी निर्माण कार्यलाई अगाडि बढाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस