२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग

अ+ अ-

बागलुङ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।

“नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही गर्न नेपाल सरकारसमक्ष माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जालमा विचार, टिप्पणी नराख्न पनि समाजले सबैसँग आग्रह गरेको छ ।

“कहीँ कतैबाट सामाजिक सद्भाव भड्किने खालका गतिविधि हामीलाई मान्य छैन”, समाजका संयोजक ताराबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

गायक तथा सर्जक सपुतको मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’ को लय गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै केही साताअघि विवाद बाहिर आएको थियो ।

गायक तथा सङ्गीतकार राईले सपुतलाई लय चोरीको आरोप लगाउँदै आएका छन् । सोही विषयलाई लिएर सपुत र राईको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । जातीय विभेद झल्कने गरी सपुतमाथि गरिएको दुर्व्यवहारको विषय ससंद्मा समेत पुगेको थियो ।

दलित समुदायका केही सासंदहरुले उक्त घटनाप्रति आपत्ति जनाउँदै कानूनी कारवाहीको माग गरेका थिए । बागलुङको धम्जामा जन्मेका गायक सपुत र शान्ति श्री परियारले गाएको लोकदोहोरी गीत ‘गलबन्दी’ अहिले सर्वाधिक चर्चामा छ ।
रासस

प्रतिक्रिया दिनुहोस