गैरसरकारी संस्थाले अनुमतिविना स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न नपाउने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गैरसरकारी संस्थाले अनुमतिविना स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न नपाउने


५ असार २०७६, बिहिबार


काठमाडौं । सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउन लागिएको जनाएका छन् । सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम संचालन गर्न सक्ने उनको भनाइ छ ।

स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्ने बताए । उनले स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस