२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परम्परागत रुपमा बनाइएको घुमाउने घर लोप हुँदै

अ+ अ-

बेझाड । निस्दी गाउँपालिका–३ झिरुवासको खाँदर क्षेत्र कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले भरिएको थियो ।

झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए । यसले गाउँ नै सुन्दर र रमाइलो देखिन्थ्यो । तर आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ ।

पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका चलाउनुपर्ने बाध्यता थियो । गाउँका युवाहरु वैदेशिक रोजगारी र विभिन्न पेशा व्यवसायमा संलग्न हुन थालेपछि पुरानो घुमाउने घरको ठाउँमा सिमेन्ट र ढुङ्गाबाट नयाँ घर बनाउन थालिएको छ ।

स्थानीय बासिन्दाले घुमाउने घरको सट्टा सिमेन्ट जोडेर ढुङ्गाको गारो भएका घर धमाधम बनाइरहेका छन् । पुरानो घरमा जीविका चलाउन कठिन भएपछि उनीहरुले त्यसलाई हटाएर नयाँ घर निर्माण गर्न थालेका हुन् ।

पुरानो घरबाट जीविका चलाउन गाह्रो परेपछि ६६ वर्षीय चन्द्रबहादुर खन्गाहा पनि नयाँ घरमा बसोबास गर्दै आएका छन् । उनले विगत पाँच वर्षयता घुमाउने घर भत्काएर नयाँ घरमा बसोबास गरेका छन् ।

‘घुमाउने घरभित्र एउटा मात्र कोठा, त्यही कोठामा खाना पकाउने, अन्नपात, लत्ताकपडा राख्ने, सुत्ने बस्ने गर्न समस्या पर्‍यो’, ‘मगर जातिको पहिचान बोकेको घर हटाउन मन नहुँदा नहुँदै पनि बाध्य भएर हटाउनुपरेको छ’, खन्गाहाले भने ।

‘लामो समयसम्म घुमाउने घरमै जीवन बिताए, अहिले त्यही घर हटाएर नयाँ घरमा बसोबास गर्दा मनमा पुरानो घरले याद झल्काइरहेको छ’, उनले भने ।

७६ वर्षीय वीरबहादुर ढेंगा भने अहिलेसम्म पुरानै घरमै बस्दै आएको छ । ‘घर बनाउन सक्नेले त नयाँ घर बनाए सुखसँग बसे, हामीलाई त घर बनाउन सक्ने अवस्था भएन, यही घरमा दुःखसुखसँग बसिरहेका छौँ’, उनले भने ।

उनीसहित छोराबुहारी नाति नातिना गरी पाँच जनाको परिवार छ । खाना पकाउनेदेखि लिएर सबै परिवार त्यही घरभित्र बस्न बाध्य छन् ।

धुवाँले घरका भित्ता रङ्गिएर पूरै कालो भएको छ, सहज वातावरणमा वस्न निकै गाह्रो छ तर अर्को नयाँ घर बनाउने उपाय नहुँदा यही घरको भरपर्नु परेको उनको गुनासो छ ।

गाउँमा पुरानो घुमाउरो घर ६ वटा मात्र रहेका छन् । सबैले नयाँ घर बनाएपछि अहिले यी घर सबैको आकर्षण बनेको छ । योे घर भूकम्पका लागि अति सुरक्षित मानिन्छ ।

कोठा नहुँदा एउटै कोठामा खाना पकाउनदेखि लिएर बसोबास गर्न समस्या परेपछि अहिले नयाँ घर बनाउन थालिएको वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताए ।

गर्मी समयमा चिसो, जाडो समयमा तातो हुने, अत्यन्त कम लागतमा घर निर्माण गर्न सकिने हुँदा यसको संरक्षणतर्फ लाग्ने उनले बताए ।

हिजोआज पुराना घुमाउने घर लोपोन्मुख भएका कारण गाउँगाउँमा पुग्ने आन्तरिक पर्यटक, पत्रकारको क्यामेरा, मोबाइलमा कैद हुने गर्दछ भने विगतका केही वर्षयता पुस्तक, कापीका आवरण, विभिन्न सङ्घसंस्थाका क्यालेण्डरमा फोटो प्रकाशित हुन थालेका छन् ।

पुरानो शैलीमा निर्मित घर क्रमिक रुपमा लोप हुँदै जाँदा जातीय र भौगोलिकताको पहिचान र मौलिकता गुमाउँदै गएको छ ।

मगर र कुमाल जातिको पहिचान झल्कने पुरानो कुडुले घर जिल्लाको पूर्वी क्षेत्रको खाँदर, मित्याल, मध्यक्षेत्रअन्तर्गत कसेनी, रुप्से, चिर्तुङधारा लगायतका क्षेत्रमा अहिले लोप हुँदै गएका छन् ।

जातीय, सांस्कृतिक पहिचान बोकेका परम्परागत शैलीमा निर्मित घरको संरक्षण गर्नसके गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि भई विकासको लहर अगाडि बढ्ने अनुमान गरिएको छ ।रासस