२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक समावेशी सिद्धान्तको पालना होस् : सांसद

अ+ अ-

काठमाडौं । सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी विधेयकमा संविधानको मर्म र भावनाअनुरुप समावेशी तथा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदले संविधानको भावना र मर्मअनुरुप हुने गरी प्रतिवेदनलाई पुनःलेखन गरेर ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गरेका सभापति शशी श्रेष्ठले जानकारी दिए ।

खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दा ४५ प्रतिशत समानुपातिक र समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायलाई आरक्षण छुट्याएकामा बढाएर ५० प्रतिशत पु¥याउन पनि सांसदले सुझाव दिएका थिए ।

समानुपातिक समावेशी सिद्धान्त पूर्णरुपमा कार्यान्वयनमा लैजाने गरी ऐन बनाउनुपर्नेमा जोड दिँदै सांसदहरुले जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी व्यवस्था र समावेशी समूहमा छुट्याइएका सबै समुहभित्रबाट पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न तथा सामाजिक न्यायको सिद्धान्तका आधारमा समानुपातिक समावेशी व्यवस्थालगायतका विषय समेटेर विधेयक समृद्ध बनाउन सुझाव दिए ।

हाल कायम रहेको दलितको कोटा नौ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याउन तथा आर्य र खस फरक फरक जाति भएको जनाउँदै यसलाई छुट्टाछुट्टै व्यवस्था गर्न तथा थारु समुदायको समूहलाई निश्चित प्रतिशत निर्धारण गर्न पनि उनीहरुले सुझाव दिए ।