२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार अङ्कले बढ्यो शेयर बजार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अङ्कमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको ३१ लाख २ हजार २८४ कित्ता शेयर रु ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा खरीद–बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अङ्कले घटेको छ । यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटल २.५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बीमा २८.०६, जीवन बीमा ४२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले वृद्धि भएको छ ।

स्टकका अनुसार नेपाल बैंकको रु आठ करोड ६६ लाख २८ हजार ६२१, शिवम् सिमेन्ट रु छ करोड ८८ लाख ३४ हजार ३२४, बुटवल पावर कम्पनी रु ५ करोड ९६ लाख ४८ हजार २९०, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु चार करोड ९६ लाख ९७ हजार ५२५, सानिमा माई हाइड्रो पावर रु ४ करोड २५ लाख ९० हजार ५५४, प्राइम बैंक रु २ करोड ४७ लाख १० हजार ४४१ को कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार मल्टी पर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, रिलायन्स फाइनान्स ९.७०, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३ प्रतिशतले कमाए ।

त्यस्तै समिट लघुवित्त वित्तीय संस्था ७.०५, सिन्धु विकास बैंक ५.२२, घलेम्दी हाइड्रो पावर ४.९१, हिमालयन डिस्टिलरी ४.५५, मिथिला लघुवित्त वित्तीय संस्था ४.४३, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.६८ गुमाएका छन् । स्टकमा आज हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको कूल ९९ लाख साधारण शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस