२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समितिमा २४ उजुरी दर्ता

अ+ अ-

काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७५/७६ मा २४ उजुरी दर्ता भएका छन् । बढी जसो घर जग्गा विवादका उजुरी परेका उपप्रमुख ज्ञानमाया डङ्गोलले बताए ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको, ध्वनि प्रदूषण, ठगी, लेनदेन, हदबन्दी लागेको जग्गामा टहरा निर्माण, गाली बेइज्जती, सम्बन्ध विच्छेद र कुटपिट जस्ता उजुरी समितिमा पर्ने गरेका नगरपालिकाले जनाएको छ ।

चालू आवमा परेका २४ उजुरी दर्ता भएकामा छ वटा घर जग्गा विवाद, सम्बन्ध विच्छेदसम्बन्धी दुई, आफ्नो हक नपुग्ने अरुको जग्गा घर वा कुनै संरचना बनाइएको सम्बन्धी तीन, ठगी तथा लेनदेनको एक, अर्काको हक भोगमा रहेको जग्गा आवाद वा भोगचलन गरेको दुई उजुरीे न्यायिक समितिमा दर्ता भएका छन् ।

आव २०७४/७५ मा ३१ उजुरी दर्ता भएकामा सात वटा घर जग्गा विवाद, घरायसी झै–झगडा विवादका दुई, घर खालीका दुई, सम्बन्ध विच्छेदसम्बन्धी तीन, अर्काको हक भोगका रहेको जग्गा आवाद वा भोगचलन गरेका दुई, अरुको जग्गामा घर वा कुनै संरचना बनाएको विवादसम्बन्धी दुई र छानबिन विवादका तीन उजुरी दर्ता भएको बताइएको छ ।

नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा आउने गरेका छन् । उपप्रमुख डङ्गोलको संयोजकत्वमा रहेको समितिमा दुई जना कानून व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास राख्दै आएको छ ।