काठमााडौं । सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रीय स्टुडियोको मुख्य नियन्त्रण कक्षमा विद्युत सट हुँदा विद्युत तार जलेर नष्ट भएको छ ।
राति करिब ११ः४५ बजेतिर विद्युत सट भएपछि करिब दुई घण्टा रेडियो प्रसारण बन्द भएको थियो ।
रेडियो नेपालका रात्रिकालिन सेवामा कार्यरत कर्मचारी, सिंहदरबारस्थित नेपाल प्रहरी र नेपाल आर्मीको सक्रियतामा आगो नियन्त्रणमा आइ दुई घण्टा पछि प्रसारण नियमित भएको थियो ।
रेडियो नेपालले ०७३ भाद्र १ गते बाट रात्रिकालीन समाचार तथा कार्यक्रम प्रसारण गर्दै आइरहेको छ ।







